Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

निरब मोदी पक्राउ

एजेन्सी ६ चैत
tribeni2

भारतका हिरा कारोवारी निरब मोदी बेलायतको लण्डनमा पक्राउ परेका छन् । उनीमाथि पञ्जाब नेशनल बैंकबाट करिब १३ हजार करोड भारतीय रुपैंया ऋण लिएर नतरिको आरोप छ ।

यसलाई भारतको सबैभन्दा ठुलो बैंक घोटाला समेत भनिएको छ । भातरले गत अगस्टमा बेलायतसँग निरव मोदीलाई सुपुर्दगी गर्न माग गरेको थियो । लण्डन प्रहरीले ४८ बर्षिय मोदीलाई होल्बोर्न क्षेत्रबाट पक्राउ गरी आज वेस्टमिन्स्टर कोर्टमा पेश गरिने बताएको बिबिसीले जनाएको छ ।

पञ्जाव नेशनल बैंकले २०१८ सालमा निरब र उनका काका मेहुल चौकसीको अगुवाईमा रहेको गरगहनाका कारोवारीहरुको समूहले फर्जी बैंक ग्यारेन्टीमार्फत ऋण लिएर ठगि गरेको आरोप लगाएको थियो ।
बैंकले आरोप सार्वजनिक गर्नुअघि नै आरोपी दुवैजनाले गोप्य रुपमा भारत छाडिसकेका थिए । उनीहरुले भ्रष्टाचारको आरोप अस्विकार गर्दै आएका छन् ।

निरबलाई लण्डनमा देखिएपछि भारतीय संचारमाध्यमहरुमा उनको बारेमा सोधीखोजी सुरु भएको थियो ।

निरब मोदी भारतका चर्चित हिराको कारोवारी हुन् । उनी २ अरब डलरको ज्वेलरी डिजाईनर कम्पनी फायरस्टार डाईमण्डका संस्थापक हुन् ।

विश्वका निक्कै चर्चित व्यक्तिहरु उनको हिराका गहना बनाउने कम्पनीका ग्राहक छन् । उनको डिजाईनर ज्वेलरी बुटिक बेलायत, न्यूयोर्क, लसभेगास, हवाई, सिंगापुर, बेईजिङ र मकाउमा समेत छन् । भारतमा उनको स्टोर मुम्बई र दिल्ली छ ।

प्रकाशित मिति: बुधबार, चैत ६, २०७५  २२:०३
प्रतिक्रिया दिनुहोस्