Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
गुणस्तरहिन सगरमाथा सिमेन्ट

'सिमेन्ट बिक्रेताले पैसा नलिने र कामदारको ज्याला बेहोर्ने'

समाचार लगत्तै कार्यालय प्रमुखद्वारा स्थलगत अनुगमन
२०७८ फागुन २०
tribeni2

रुकुम पश्चिम / गुणस्तरहिन सिमेन्टको प्रयोगपछि रोकिएको सिचाई कुलो निर्माणको काम पुनः सुरु भएको छ । 

प्रयोग भएको सिमेन्टको पैसा नलिने र कामदारहरुको ज्याला समेत सिमेन्ट बिक्रेताले बेहोर्ने भएपछि योजना निर्माणको काम सुरु भएको बताईएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्वर ७ मा निर्माणाधिन घट्टेखोला गोदलीबाङ सिचाई योजनाको कुलो निर्माणमा प्रयोग गरिएको सिमेन्ट गुणस्तरहिन भएपछि सेट नहुँने र बनाउँदा बनाउँदै भत्किने समस्या आएको थियो । उक्त सिमेन्ट लिएर मध्यपहाडि आयोजनाको ल्याबमा परिक्षण गरेको र त्यहाँबाट सिमेन्ट नै गुणस्तरिहिन भएको प्रतिक्रिया आएको थियो ।

यस बिषयमा मूलपाटी डटकमले ‘सगरमाथा सिमेन्ट’ प्रयोग भएको सिचाई कुलो ६ दिनमै भत्कियो  शिर्षकमा समाचार प्रसारण गरेको थियो ।

अनलाईनमा समाचार आए लगत्तै खानेपानी, सिचाई, तथा उर्जा विकास कार्यालयले स्थलगत अनुगमन समेत गरेको थियो ।

कार्यालयका प्रमुख तेजनारायण महतोले समाचार आएपछि आफु उक्त योजनाको निर्माणस्थलमा पुगेको बताउँनुभयो । ‘प्रयोग गरिएको सिमेन्टमा डिफेक्ट रैछ,’ कार्यालय प्रमुख महतोले भन्नुभयो, ‘सगरमाथा सिमेन्ट प्रयोग गरिएको वालमा सिमेन्ट सेट नभएको पाईयो, त्यो सबै भत्काएर नयाँ वाल बनाउन सुरु गरिएको छ ।’ उहाँका अनुसार निर्माण उपभोक्ता समितिले सिमेन्ट उद्योगसँग कुरा गरेको र अर्को सिमेन्ट दिनेभएपछि काम पुनः सुरु गरिएको हो ।

सिमेन्टको कारण बन्दाबन्दै भत्किएको सिचाई योजनाको कुलो बनाउन सुरु गरिएको घट्टेखोला गोदलीबाङ सिचाई जल उपभोक्ता समितिका सचिव प्रविण पाण्डेले बताउँनुभयो ।

सचिव पाण्डेका अनुसार कुलो भत्किएपछि गुनासो गर्दा सिमेन्ट बिक्रि गर्ने स्थानीय बिक्रेताले प्रयोग भएको ४१ बोरा सिमेन्टको पैसा नलिने र नयाँ सिमेन्ट दिने भएपछि काम सुचारु गरिएको हो । सचिव पाण्डेले उक्त गुणस्तरहिन सिमेन्ट प्रयोग हुँदा काममा खटिएका कामदारहरुको ज्याला समेत कम्पनिसँग कुरा गरेर सिमेन्ट बिक्रेताले बेहोर्ने भएका छन् ।

खानेपानी, सिचाँई, तथा उर्जा विकास कार्यालयल मार्फत ५० लाख बजेटमा उक्त योजना निर्माण कार्य थालिएको थियो । गत माघ १७ गते सम्झौता गरेर काम सुरु गरिएको उक्त योजना असार मसान्तमा पुरा गरिसक्नुपर्नेछ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८  ११:०३
प्रतिक्रिया दिनुहोस्