Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोटमा जनयुद्धका १०१ सहिद तथा बेपत्ताका परिवारलाई सम्मान

२०७८ फागुन २०
tribeni2

रुकुम पश्चिम / जिल्लाको मुसिकोट नगरपालिकाले सहिद तथा बेपत्ता व्यक्तिका परिवारलाई सम्मान गरेको छ । 

आज एक कार्यक्रमका बिच विगतको सशस्त्र जनयुद्धको क्रममा सहादत प्राप्त गरेका र बेपत्ता भएका व्यक्तिका परिवारलाई सम्मान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर पुनले जानकारी दिनुभयो ।

नगरपालिका क्षेत्रका १ सय १ जना सहिद परिवारलाई आज सहिद स्मृति सभाहलमा एक कार्यक्रम आयोजना गरेर सम्मान गरिएको हो । सहिद परिवारलाई दोसल्ला, ओढाएर, टिका लगाएर, कासको थाली र यातायात खर्च सहित सम्मान सम्मान गरिएको नगरपालिकाको सामाजिक विकास समितिका संयोजक शुसिल गौतमले जानकारी दिनुभयो ।

राष्ट्र निर्माणमा सहिदहरुको अमूल्य योगदान रहेको र सधै उच्च सम्मान गरिने उहाँले जनाउनुभयो । सहिद तथा बेपत्ता व्यक्तिका सन्तती, परिवारजनलाई सम्मान गरेर उहाँहरुको योगदान सदास्मरणीय बनाउन हरेक बर्ष यस खालको कार्यक्रम गरिदै आएको गौतमले उल्लेख गर्नुभयो ।

मुसिकोट नगरपालिकाको आर्थिक वर्ष २०७८÷०८९ को स्विकृत बार्षिक कार्यक्रम अनुसार सशस्त्र द्वन्द्वको क्रममा सहिद तथा बेपत्ता भएका व्यक्तिका परिवारलाई सम्मान गरिएको हो ।

कार्यक्रममा नगरपालिकाका उप प्रमुख प्रेमकुमारी सुनार, प्रमुख प्रशासकीय अभिकृत शेरबहादुर पुन, वडाअध्यक्षहरु, सहिद परिवारका सन्नती तथा आफन्जनहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८  १३:०३
प्रतिक्रिया दिनुहोस्