Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भान्सा कोठामा सुतिरहेका आमा छोराको मृत्यु

२०७८ फागुन २०
tribeni2

दैलेख / जिल्लाको ठाँटीकाँध गाउँपालिका–१ मा बिहिबार राती घरको भान्सा कोठामा सुतेका आमा छोराको निस्सासिएर मृत्यु भएको छ। गाउँपालिकाको पिपलचोकका हरिकला बादी र उनका छोरा रमेश वादीको मृत्यु भएको हो ।

बिहीबार राति भान्सा कोठामा सुतिरहेका उनीहरू शुक्रबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

खरले छाएको घरभित्र भान्सामा चुलोदेखि करिब डेढ फिट नजिक सुतेको र उनीहरूले ओछ्याएको गुन्द्री र सिरक चुलोतिर पुगेर आगो सल्केको पनि पाइएको दैलेखका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताउनुभयो । उनीहरुको शरीरको केही भाग पोलिएको पनि छ। उहाँका अनुसार अनुसार ४० वर्षीया हरिकलाको शरीरको पछाडिको भाग जलेको छ भने १८ वर्षीय रमेशको हात जलेको छ।

पोलिएर भन्दा पनि धुवाँ धेरै भएर निस्सासिएर मृत्यु भएको जस्तो देखिएको डिएसपी साह बताउनुभयो । घटनाको बारेमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक इन्द्रजीत सुनारको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८  १६:०३
प्रतिक्रिया दिनुहोस्