सोसल मिडिया
रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ९ चुनबाङले विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेको छ ।
वडाले कार्यालयले वडा भित्रका ७ वटा विद्यालयमा अध्ययनरत एक सय जना गरिब तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो । एक कार्यक्रम आयोजना गरेर शुक्रबार वडाले विद्यार्थीलाई झोला, कापी, कलम र ज्यामेट्रिक बक्स प्रदान गरेको हो ।
नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका २५ जना, निमावी सिमचौरका १७ जना, आधारभूत विद्यालय दुवाचौरका १५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिएको वडाध्यक्ष प्रवेश पुनले बताउनुभयो ।
उहाँका अनुसार चैत्य छहरा आधारभूत विद्यालय धर्मशालाका ११ जना, मदन आधारभूत विद्यालय डाँडा गाउँका ११ जना, सन्नी आधारभूत विद्यालय खालडाँडाका ११ जना र बालविकास आधारूत विद्यालय गोठीबाङका १० जनालाई शैक्षिक सामाग्री प्रदान गरिएको छ ।
पढ्ने चाहना हुँदाहुँदै पनि आर्थिक अभावको कारण विद्यालयमा अनियमित हुने गरेका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको वडाले जनाएको छ । वडाध्यक्ष पुनको अध्यक्षतामा भएको शैक्षिक सामाग्री प्रदान कार्यक्रमको सञ्चालन मदन आधारभूत विद्यालयका प्रधानाध्यापक चेताराम नेपालीले गर्नुभएको थियो ।