Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा ग्रामिण स्वास्थ्य सुधार परियोजना सञ्चालन

२०७८ फागुन २०
tribeni2

रुकुम पूर्वमा ग्रामिण स्वास्थ्य सुधार परियोजना सुरु भएको छ । फेयरमेड फाउण्डेशनको सहयोगमा सर्वाङ्गिण विकास केन्द्र रुकुमले रुकुम पूर्वमा उक्त परियोजना सुरु गरेको हो ।

शुक्रबार जिल्लाको सिस्ने गाउँपालिकामा उक्त परियोजना बारेमा गाउँपालिकास्तरिय अभिमुखिकरण कार्यक्रम समेत गरिएको छ ।

कार्यक्रममा साझेदार संस्था सर्वाङ्गिण विकास केन्द्रका कार्यकारी निर्देशक लिलामणि गौतमले परियोजनाबारे विस्तृत जानकारी गराउनुभएको थियो । कार्यकारी निर्देशक गौतमले परियोजनाले सर्वसाधारणको स्वास्थ्य सुधारमा थप टेवा पुर्याउने बताउनुभयो ।

परियोजना गाउँपालिकाको स्वास्थ्य अवस्था कमजोर भएका अति विपन्न व्यक्तिहरुलाई प्राथामिकता दिदै सवै वडा र स्वास्थ्य चौकि तथा स्वास्थ्य केन्द्रहरुको समन्वय र सहकार्यमा संञ्चालन हुने बताईएको छ । परियोजनाको मर्म र उदेश्य अनुरुप परिणाममुखि नतिजा हासिल गर्नको लागी सिस्ने गाउँपालिकाको आवश्यक सहयोग रहने प्रतिवद्धता समेत कार्यक्रममा व्यक्त गरिएको छ ।

गाउँपालिकाले सहयोगि निकाय फेयरमेड फाउण्डेशन र स्थानीय साझेदार संस्था सर्वाङ्गिण विकास केन्द्र रुकुम पूर्वलाई धन्यवाद समेत दिएको छ।

परियोजनाले सिस्नेको स्वास्थ्य सुधारमा टेवा पुप्याउने र ग्रामिण क्षेत्रको स्वास्थ्य अवस्थामा सुधार हुने अपेक्षा रहेको गाउँपालिका अध्यक्ष बरालले बताउनुभयो ।

परियोजनाले स्वास्थ्यमा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धिको लागी आवश्यक तालिमहरुको आयोजना गरिनु सकारात्मक रहेको सिस्ने गाउँपालिकाका स्वास्थ्य सहसंयोजक पुष्पा ओलीले उल्लेख गर्नुभयो । वडा नम्वर ६ का वडा अध्यक्ष सुधन रेग्मीले परियोजनाको मर्म र उद्देश्य अनुसार जिल्लाको आवश्यकतालाई समेत ध्यानमा राखी क्रियाकलापहरु सञ्चालन गरिनुपर्नेमा जोड दिनुभयो ।

सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालको अध्यक्षतामा सम्पन्न अभिमुखिकरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष गोवर्धन बुढा, प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहाल, वडा अध्यक्षहरु, स्वास्थ्य संयोजक र स्वास्थ्य चौकिका ईन्चार्जहरु लगायतको उपस्थिति रहेको थियो । अभिमुखिकरणको कार्यक्रमको सहजिकरण सर्वाङ्गिण विकास केन्द्रका फिल्ड सुपरभाइजर मदन खड्‌काले गर्नुभएको थियो ।

 

 

प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८  २१:०३
प्रतिक्रिया दिनुहोस्