सोसल मिडिया
सल्यान / भोलिदेखी राप्ती राजमार्ग अन्तर्गत सल्यान-दाङ सडकखण्ड १० दिन बन्द हुने भएको छ ।
सल्यानको कपुरकोटदेखी दाङ तुलसीपुरकाे चोरखोलासम्म सडक मर्मत गर्नुपर्ने भएकाले याे सडक खण्ड १० दिन बन्द हुन लागेको हो ।
भोलिदेखि चैत १ गतेसम्म सडक खण्ड बन्द हुन लागेको सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले जानकारी दिनुभयो ।कपुरकोट चोरखोला सडक खण्डमा दैनिक तीन सिफ्टमा काम हुने उहाँले बताउनु भयाे ।
खड्काका अनुसार दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म पहिलो सिफ्टमा सडक मर्मतको काम हुनेछ । दोस्रो सिफ्टमा बिहान११ बजेदेखिदिउँसाे ३ बजेसम्म र तेस्रो सिफ्टमा साँझ साढे ५ बजेदेखि ८ बजेसम्म मर्मतको काम हुनेछ ।
यही समयावधिमा गाडी आवागमन रोकिने खड्काले जानकारी दिनुभयो।