Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पत्रकार महेश केसीलाई यदु स्मृति पत्रकारिता पुरस्कार प्रदान

२०७८ फागुन २१
tribeni2

रुकुम पश्चिम / पत्रकार महेश केसीले यदु स्मृती पत्रकारिता पुरस्कार २०७८ प्राप्त गर्नुभएको

यदु स्मृति प्रतिष्ठानले आज रुकुमको चौरजहारीमा आयोजना गरेको २३ यदु स्मृति दिवस तथा २० यदु स्मृति पत्रकारिता पुरस्कार बितरणसमारोहमा उक्त पुरस्कार प्रदान गरिएको हो

कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही यदु स्मृति प्रतिष्ठान रुकुमका अध्यक्ष सुजाता गौतमले पत्रकार केसीलाई पुरस्कार सहित सम्मानगर्नुभएको हो

विगत २० बर्षदेखि प्रदान गर्दै आइरहेको उक्त पुरस्कार यदु स्मृति प्रतिष्ठानले हत्या, हिंसा अराजकताविरूद्द शान्ति, सुशासन अमनचयनकोपक्षमा कलम चलाउने पत्रकारलाई प्रदान गर्दै आइरहेको

कान्तिपुर टेलिभिजन बुटवल टुडे दैनिकमा कार्यरत पत्रकार केसी विगत १४ वर्षदेखि निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशिल हुनुहुन्छ उहाँयसअघि अन्नपूर्ण पोष्ट दैनिक, राजधानी दैनिक, सौर्य दैनिक, समय संवाद साप्ताहिक, जन्तिधारा साप्ताहिक रेडियो सानीभेरीमा कार्यरतहुनुहुन्थ्यो

तत्कालिन नेकपा एमाले रुकुम जिल्ला कमिटी सचिव यदु कुमार गौतमको २०५५ फागुन २१ गते रुकुम पश्चिमको गरायलामा हत्या गरिएकोथियो यदु स्मृति दिवसको अवसरमा प्रतिष्ठानले हरेक बर्ष उक्त पुरस्कार प्रदान गर्दै आईरहेको

प्रकाशित मिति: शनिबार, फागुन २१, २०७८  १५:०३
प्रतिक्रिया दिनुहोस्