Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

त्रिवेणीमा सहिद परिवार र घाईतेलाई सम्मान

२०७८ फागुन २१
tribeni2

रुकुम पश्चिम / जिल्लाको त्रिवेणी गाँउपालिकाले सहिद परिवार र घाईते व्यक्तिहरुलाई अभिनन्दन तथा सम्मान गरेको छ ।

शनिबार सहिद स्मृतिभवन सिम्रुतुमा एक कार्यक्रम आयोजना गरेर विगत शसस्र द्वन्द्वको समयमा सहिद भएका व्यक्तिका परिवार र घाईते योद्धाहरुलाई अभिनन्दन तथा सम्मान गरेको गाउँपालिकाले जनाएको छ ।

त्रिवेणी गाउँपालिका भित्रका ७४ जना सहिद भएका व्यक्तिका परिवार र २ जना घाइतेलाई सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष झक्कुप्रसाद घर्तिले बताउनुभयो ।

उहाँहरुलाई दोसल्ला, काँसको थाली र अबिर सहित सम्मान गरिएको उहाँले जानकारी दिनुभयो । केहि सहिद परिवारका सदस्यहरु जिल्ला बाहिर रहनुभएकोले सम्मान ग्रहणको लागि गाउँपालिकामा सम्पर्क गर्न अनुरोध समेत गरिएको छ । 

 

प्रकाशित मिति: शनिबार, फागुन २१, २०७८  १९:०३
प्रतिक्रिया दिनुहोस्