Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

प्रगतिशील लेखक संघ रुकुम पुर्वको अध्यक्षमा उपेन्द्रलाल चयन

२०७८ फागुन २१
tribeni2

रुकुम पूर्व / प्रगतिशील लेखक संघ रुकुम पुर्वको दोश्रो जिल्ला अधिवेशनबाट उपेन्द्रलाल कामीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ ।

शनिबार रुकुमकोटमा सम्पन्न अधिबेशनले २ सदस्य पछि थप्ने गरी १३ सदस्यीय कार्यसमिति चयन गरेको नवनिर्वाचित अध्यक्ष उपेन्द्रलाल कामीले बताउनुभयो ।

संघको उपाध्यक्षमा भुवनेश्वर उपाध्याय, सचिवमा डिकेन्द्र शाह, सहसचिवमा जयमान बुढा, कोषाध्यक्षमा लक्ष्मी बुढा चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा मोहन केसी, शिवकुमार शाही, दुर्गा बहादुर गौतम, कल्पना शाह, जमुना गौतम, प्रभाव गुरुङ रहनु भएको छ ।

नवनिर्वाचित अध्यक्ष उपेन्द्रलाल कामीले सधै सत्य र न्यायको निम्ति परिवर्तनको पक्षमा कलम चलाउने प्रतिवद्धता जनाउनु भएको छ । जिल्ला समन्वय समिति रुकुम पूर्वका उपप्रमुख भिम कुमारी पुनको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।

प्रकाशित मिति: शनिबार, फागुन २१, २०७८  १९:०३
प्रतिक्रिया दिनुहोस्