Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

साफ महिला च्याम्पीयनसिपको उपाधी भिडन्त नेपाल र भारतबिच

शुक्रबार फाईलन भिडन्त
काठमाडौं ६ चैत
tribeni2

साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन् । बुधबार भएका सेमिफाइनल खेलमा आ—आफ्ना प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै नेपाल र भारतले उपाधी भिडन्त पक्का गरेका हुन्् । फाईनल खेल शुक्रबार हुनेछ ।

पहिलो सेमिफाईनल खेलमा बुधबार बिहान नेपालले श्रीलंकामाथि ४– शुन्यको फराकिलो अन्तरले बिजयी भयो । नेपालको जितमा पुनम जर्घा मगर, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले एक एक गोल गरे ।

बुधबार दिउँसो दोस्रो सेमिफाईनल खेलमा साविक विजेता भारत उपविजेता बंगलादेशलाई ४— शुन्यले हराउँदै फाइनल प्रबेश गरेको छ ।

नेपालले उपाधीका लागि भारतसँग खेलेका तीन खेलमा पराजय भोग्नु परेकाले यो पटक उच्च मनोबलका साथ मैदान उत्रनेछ ।

प्रकाशित मिति: बुधबार, चैत ६, २०७५  २२:०३
प्रतिक्रिया दिनुहोस्