Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिस्ने २ का सहिद परिवारलाई सम्मानसँगै फाईवरको सिरक

२०७८ फागुन २१
tribeni2

रुकुम पूर्व / सिस्ने गाउँपालिकाको वडा नम्वर २ ले वडा भित्रका सहिद परिवारलाई सम्मान गरेको छ ।

सहिद सप्ताहको अन्तिम दिन शनिबार जनयुद्धको क्रममा गाउँपालिकाको वडा नम्वर २ प्वाङबाट सहादत प्राप्त गर्नुभएका सहिदका परिवारजनरुलाई सम्मान गरिएको वडा अध्यक्ष जीवन केसीले जानकारी दिनुभयो ।

वडा कार्यालय नायगाडमा एक कार्यक्रम आयोजना गरेर सम्मानसँगै सहिद परिवारलाई फाईवर सिरक समेत उपलब्ध गराईएको वडा अध्यक्ष केसीले बताउनुभयो ।

उहाँका अनुसार जनयुद्धको क्रममा वडाका १३ जनाले सहादत प्राप्त गर्नुभएको छ । कार्यक्रममा उपस्थित ११ जना सहिदका परिवारलाई आज सम्मान गरिएको हो ।

प्रकाशित मिति: शनिबार, फागुन २१, २०७८  १९:०३
प्रतिक्रिया दिनुहोस्