सोसल मिडिया
रुकुम पश्चिम / जिल्लाको चौरजहारीमा शहिद स्मृति भवनको उद्घाटन गरिएको छ । जनयुद्धको क्रममा सहादत प्राप्त शहिदहरुको सम्झनामा निर्मित 'पूर्ण - शान्त शहिद स्मृति भवन'को शनिबार उद्घाटन गरिएको हो ।
कर्णाली प्रदेश सभा सदस्य तथा पूर्व आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले नवनिर्मित शहिद स्मृति भवनको उद्घाटन गर्नुभएको हो ।
भवन उद्घाटन समारोहमा बोल्नुहूदै पूर्व मन्त्री शर्माले जनयुद्धको क्रममा बलिदान गर्ने महान् शहिदहरुको उच्च सम्मान तथा सम्झना स्वरुप पूर्ण - शान्त शहिद स्मृति भवन निर्माण गरिएको बताउनुभयो । उहाँले स्थानीय सरकार शहिदले देखाएको बाटोमा हिडिरहेको र जनताका तमाम् आवश्यकता र मागलाई सम्बोधन गर्न तत्पर रहेको समेत उल्लेख गर्नुभयो ।
भवन उद्घाटन कार्यक्रममा चौरजहारी नगरपालिकाका प्रमुख बिशाल शर्मा, उपप्रमुख राधा रोका लगायतका अतिथि तथा सर्वसाधारणहरुको उल्लेख्य सहभागिता रहेको थियो ।