Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

दुर्घटनामा घाइते कठायतलाई थप उपचारका लागी काठमाडौ लगियो

२०७८ फागुन २२
tribeni2

रुकुम पश्चिम / आईतवार मुसिकोटमा बसले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक एक युवा घाइते हुनुभएको छ । मुसिकोट नगरपालिका वडा नम्बर १० का घाइते श्रीकृष्ण कठायतलाई थप उपचारको लागि आजै काठमाडौ लगिएको छ ।

नगरपालिकाको वडा नम्बर १ सल्लेमा बसले मोटरसाईकललाई ठक्कर दिँदा कठायत घाइते हुनु भएको थियो । वडा नम्बर १ कै मुलखोलाबाट सल्ले बसपार्कतर्फ जाने क्रममा बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बा ५ ख ८४२७ नम्बरको बसले बाग्मती प्रदेश ०२–०३० प ५८९३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो ।

मोटरसाईकल चालक कठायतको टाउको, हात, कम्मर लगायतका ठाउँमा गहिरो चोट लागेको छ । घाइतेको जिल्ला अस्पताल सल्लेमा प्रारम्भिक उपचार गरिएको र थप उपचारका लागि नेपालगन्ज हुँदै काठमाडौ लगिएको उहाँका दाइ श्रीकुमार कठायतले बताउनुभयो ।

बस चालक सुदर्शन खत्री र बसलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८  १७:०३
प्रतिक्रिया दिनुहोस्