Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

लैंगिक समानता नबुझ्दा 'विभेद बढ्यो'

२०७८ फागुन २३
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वका महिलाहरुले लैंगिक समानताका बिषयमा आम नागरिकलाई जानकारी गराउनुपर्ने बताएका छन् ।

११२ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा रुकुमकोटमा आज आयोजित एक अन्तर्क्रिया कार्यक्रमका सहभागिले लैंगिक समानताका बिषयमा जनचेतनाका कार्यक्रमरु गर्नुपर्ने बताएका हुन ।

नेपालको संविधानमा लैंगिक विभेद गर्न नपाईने उल्लेख गरिएतापनि यसको बिषयमा नागरिकनै अनविज्ञ रहेको र लैंगिक समानताका बारेमा जानकारी नहुदा समाजमा लैंगिक विभेद बढ्दै गएकाेले यसको बिषयमा समुदायस्तरमा जानकारी गराउनमा जोड दिनुपर्ने बताइएको छ ।

अन्तराष्ट्रिय महिला दिवसको अवसरमा रुकुमकोट महिला बहुउद्देश्यीय सहकारी संस्थाले आज छिप्रिदहमा आयोजना गरेको लैंगिक समानताको लागि बहुपक्षिय भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा लैंगिक बिभेदको बिषयमा सबैलाई जानकारी गराउनुपर्ने बताइएको हो ।

लैंगिक समानताका लागि हरेक बर्ष विभिन्न नारासहित दिवस मनाईए पनि खासै उपलब्धिमूलक नभएकाले आम नागरिकले बुझ्ने गरि समुदाय स्तरमा सचेतना फैलाउन जरुरी रहेको सहभागिको निष्कर्ष छ ।

उक्त कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका उपप्रमुख भिम कुमारी पुनले पुरुषवादी सोचका कारण महिलामाथि विभेद भएको बताउनुभयो । ब्यक्तिको एक्लो प्रयासले मात्रै विभेद अन्त्य नहुने भन्दै यसको लागि ब्यक्ति, परिवार, समाज, राष्ट्रका सबै नागरिक एकजुट भएर लाग्न जोड दिनुभयो ।

त्यस्तै सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बराल गौतमले लैंगिक विभेद कम गर्न महिला आर्थिक रुपमा सक्षम बन्नुपर्ने बताउनुभयो । आर्थिकरुपले कमजोर भएका महिलाहरु नै बढि विभेदमा परेको उल्लेख गर्दै महिला आत्म निर्भर नहुनजेल सम्म अपहेलित हुनुपर्ने र सक्षम महिलालाई कसैले विभेद नगर्ने भएकाले महिलाहरुलाई कृषि, व्यापार, ब्यवसायमा जोडिएर स्वरोजगार बन्न आग्रह गर्नुभयो ।

अध्यक्ष बरालले गाउँपालिकाले लैंगिक विभेद कम गर्न छोरी बिमाको ब्यवस्था लगाएत विभिन्न सचेततामुलक कार्यक्रम संञ्चालन गरेको बताउनुभयो । साथै लैंगिक विभेद कम गर्न गाउँपालिका सधैं प्रतिवद्ध रहेको बताउनुभयो ।

यस्तै प्रमुख जिल्ला कृष्ण बहादुर खड्काले लैंगिक विभेद कम गर्न मानसिकता परिवर्तन गर्नुपर्ने बताउनुभयो । रुढीवादी तथा पृतिसतात्मक सोचका कारण समाजमा महिला प्रति गर्ने विभेद अझै कायम भएकाले पहिले विभेदको सोंच हटाउन आवश्यक रहेको बताउनुभयो ।

प्रजिअ खड्काले बिगतमा बर्षमा लैंगिक विभेद कम गर्न गरेका कृयाकलापहरुको समीक्षा गर्न जरुरी रहेको बताउनुभयो । लैंगिक समानता कागजमा लेखेर, बोलेर, भाषण गरेर मात्रै नहुने भएकाले सबैले ब्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला अदालताका शाखा अधिकृत कृष्ण भक्त मुरारीले लैंगिक समानताको बिषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । छलफलमा उठेका प्रश्न तथा जिज्ञासाहरुको जवाफ दिदै मुरारीले लैंगिक असमानताको जड ब्यक्ति र परिवार भएको बताउनुभयो । परिवार भित्रै समानता नभएकाले यसको सुरुवात हरेक ब्यक्ति परिवारबाटै गर्नुपर्ने बताउनुभयो ।

संविधानले सम्मान हकको ब्यवस्था गरेकोले बिद्यमान कानुनको बारेमा सबैले जानकारी लिनुपर्ने र ब्यवहारमा लागू गर्नुपर्ने शाखा अधिकृत मुरारीले बताउनुभयो ।

यसैबिच भोलि २४ गते महिला दिवसको अवसरमा बजार र्याली सहित महिला हिंसा र बाल विवाह विरुद्ध सडक नाटकको आयोजना गरिएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  २२:०३
प्रतिक्रिया दिनुहोस्