Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा बिभिन्न कार्यक्रमका साथ अन्तराष्ट्रिय महिला दिवस मनाइयो

२०७८ फागुन २४
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको तीनवटै पालिकाहरुमा विभिन्न कार्यक्रमहरु संचालन गरि ११२ औं अन्तराष्ट्रिय महिला दिवस मनाईएको छ ।

जिल्लाको सिस्ने, भूमे र पुथा उत्तरगंगा गाउँपालिका र यहाँका वडाहरुमा बिभिन्न कार्यक्रम गरि अन्तराष्ट्रिय महिला दिवस मनाइएको छ।

यसै क्रममा आज जिल्ला सदरमुकाम रुकुमकोटमा 'सामाजिक न्याय र लैंगिक समानता, दिगो विकासको सुनिश्चितता' भन्ने मुल नाराका साथ एक औपचारिक कार्यक्रमको आयोजना गरिएको छ भने कार्यक्रमलाई लुम्बिनी प्रदेश सासंद आशा स्वर्णकार र सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले संबोधन गर्नुभएको छ ।

महिला दिवसकै अवसरमा आयोजित कार्यक्रममा रुक्मिणी माध्यामिक विद्यालय र जिल्ला प्रहरी कार्यालयले महिला हिंसा सम्बन्धि जनचेतनामुलक नाटक प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थी तथा विभिन्न महिला दिदिबहिनीले महिला हिंसा तथा हक अधिकारको विषयमा साहित्यिक तथा सांस्कृतीक प्रस्तुतिहरु राखेका थिए ।

यसैगरी सिस्ने गाउँपालिकाको वडा नम्बर ४ मा पनि लोक दोहोरी प्रतियोगिताको आयोजना गरि दिवस मनाइएको छ । दिवसकै अवसरमा सिस्ने गाउँपालिका ३ पोखरामा 'समाज रुपान्तरणमा महिलाको भुमिका' भने शीर्षकमा वक्तृत्वकला र नृत्य प्रतियोगिता आयोजना गरिएको छ ।

पुथाउत्तरगंगा गाउँपालिकामा पनि महिला दिवसको अवसरमा र्याली निकालिएको छ भने यसै अवसरमा वक्तृत्वला, कविता, लोक गीत र नृत्य प्रतियोगिता सञ्चालन गरिएको छ ।

यस्तै भूमे गाउँपालिकामा यसै अवसरमा लोक दोहोरी र नृत्य प्रतियोगिताको आयोजना गरिएको छ ।

जिल्लाका अन्य वडाहरुले पनि विभिन्न कार्यक्रमको आयोजना गरि नारि दिवस मनाएका छन् ।

हरेक बर्ष मार्च ८ लाई अन्तराष्ट्रिय महिला दिवसको रुपमा मनाउंदै आइएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  २१:०३
प्रतिक्रिया दिनुहोस्