Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

दुर्घटनामा परेकाले क्षतिपुर्ति माग गर्दै गराए यातायात बन्द

२०७८ फागुन २५
tribeni2

रुकुम पश्चिम/ बस दुर्घटनाका घाइतेहरुको क्षतिपूर्तिको माग गर्दै रुकुम पश्चिममा आज यातायात बन्द गरिएको छ । आज रुकुम पश्चिमको सदरमुकाममा आवत जावत हुने सवारी साधनहरु चलेका छैनन् ।

गत मंसिर २० गते बेलुका मुसिकोट नगरपालिका २ रातामाटामा जन्ति बोकेको बस दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परि १ जनाको मृत्यु भएको थियो भने ३९ जना घाइते भएका थिए । हाल दुर्घटनामा परेकाहरुले क्षतिपूर्ति पाउनुपर्ने तथा घाइतेहरुको उपचार खर्च सम्बन्धित निकायले व्यहोर्नुपर्ने माग गरेका छन ।

बस दुर्घटनाका मृतकका आफन्त तथा घाइतेहरुले यसअघि बिभिन्न समयमा माग सम्बोधनका लागि अनुरोध र ध्यानाकर्षन गराएपनि आफूहरुका माग सम्बोधन गर्न वेवास्ता गरिएको भन्दै मंगलवार सूचना जारी गरि यातायात बन्द गराएका हुन् ।

दुर्घटनापछि सम्वन्धित निकायले उल्लेखित माग सम्बोधनका लागि कुनै पनि प्रक्रिया नथालेको पिडितहरु आरोप छ । पिडितहरुले गत फागुन २० गते प्रमुख जिल्ला अधिकारी समक्ष घटनाको विषयमा ध्यानाकर्षण गराइएको थिए ।

दुर्घटनाका घाइते शुशिल थापाले आफूहरुका माग सम्बोधन नभएसम्मका लागि आन्दोलन जारी रहने बताउनुभयो । दुर्घटना भएको लामो समयसम्म पनि सम्बन्धित निकायले ध्यान नदिएपछि आन्दोलनमा आउन बाध्य भएको थापाको भनाई छ ।

यस्तै प्रहरीले सिस्ने हिमाल यातायात प्राली र चालकलाई सम्पर्कमा नल्याएको, कानूनी कारबाहीको प्रक्रिया अगाडी नबढाएको पिडितहरुको आरोप छ ।

मंगलबार पिडितको तर्फबाट स्थानीय टेकबहादुर बस्नेत, भानु केसी, चोपबहादुर केसी, कालिबहादुर महतारा, शुशिल थापा, मोहन केसी र विरवल केसीले संयुक्त रुपमा एक विज्ञप्ती जारी गर्दै यातायात बन्दको घोषणा गरेका थिए । विज्ञप्ती मार्फत उनीहरुले यातायातका साधन नचलाएर सहयोग गर्न सबैलाई अनुरोध समेत गरेका छन ।

प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८  ०९:०३
प्रतिक्रिया दिनुहोस्