Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

दुर्घटनामा परेकाहरुलाई क्षतिपुर्ति दिने सहमतिमा आन्दोलन फिर्ता

 २०७८ फागुन २५
tribeni2

रुकुम पश्चिम/ बस दुर्घटनामा परेमा व्यक्तिहरुलाई क्षतिपूर्ति दिने सहमति भएपछि आन्दोलन फिर्ता भएको छ ।

गत मंसिर २० गते बेलुका मुसिकोट नगरपालिका २ रातामाटामा ग १ ख २१०९ नम्बरको जन्ति बोकेको बस दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परि १ जनाको मृत्यु भएको थियो भने ३९ जना घाइते भएका थिए । हाल दुर्घटनामा परेकाहरुले क्षतिपूर्ति पाउनुपर्ने तथा घाइतेहरुको उपचार खर्च सम्बन्धित निकायले व्यहोर्नुपर्ने माग गर्दै रुकुम पश्चिममा आज बिहान बाट यातायात बन्द गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयमा बस दुर्घटनाका पीडित र बस मालिक तथा यातायात समितिबीच भएको छलफलमा पीडितहरुलाई क्षेतीपूर्ति दिने गरी सहमति भए सगैं आन्दोलन फिर्ता भएको छ । सहमति भएसगैं आजैबाट छोटो तथा लामो दुरीका सवारी साधन पनि चल्न थालेका छन् ।

सिस्ने हिमाल यातायात प्राली र बसका दुई जना मालिकले पीडितलाई क्षतीपूर्ति वापत ९/९ लाख रुपैयाँ दिने सहमति भएको बताइएको छ ।

आगामी ४५ दिन भित्र उक्त प्रालीले ९ लाख, बसका साविकका मालिक महेन्द्र गौतमले ९ लाख र दुर्घटना हुदै गर्दा बस किनेर चलाएका जीवन पौडेलले ९ लाख गरी २७ लाख रुपैयाँ पीडित पक्षलाई दिने गरी तीन पक्षले कागजमा हस्ताक्षर गरेका छन् ।

 

प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८  १६:०३
प्रतिक्रिया दिनुहोस्