Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जिल्लाका ६ पालिका मध्ये सानीभेरी गाउँपालिका उत्कृष्ट

 २०७८ फागुन २५
tribeni2

रुकुम पश्चिम/  रुकुम पश्चिमका छ वटा स्थानिय तह मध्य सानीभेरी गाउँपालिका उत्कृष्ट भएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादनको  मूल्याङ्कनमा उक्त पालिका उत्कृष्ट  भएको छ । आयोगका अनुसार जिल्लाका सवै स्थानिय तह मध्य ६९ दशमलव ३१ अङ्क ल्याएर सानीभेरी उत्कृष्ट भएको हो ।

प्रदेश तथा स्थानीय तह कार्यसम्पादन मूल्याङ्कन कार्यविधि २०७८ ले निर्धारण गरेका १७ वटा सूचकको आधारमा गरिएको मुल्याङ्कनमा सानीभेरी गाउँपालिका जिल्लाकै उत्कृष्ट पालिका बनेको छ भने आठबिसकोट नगरपालिका सवै भन्दा कमजोर बनेको छ ।

आयोगले सार्वजनिक गरेका तथ्याङ्क अनुसार ६८ दशमलव १७ अंक ल्याएर चौरजहारी नगरपालिका दोस्रो भएको छ ।
त्यस्तै बाँफीकोट गाउँपालिका ६३ दशमलव ५०, मुसिकोट नगरपालिका ५६ दशमलव ४४, त्रिवेणी गाउँपालिका ५४ दशमलव ५० र आठबिसकोट नगरपालिकाले ५२ दशमलव ९२ अंक प्राप्त गरेका छन ।

सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्याङ्कसमेतलाई आधार मानेर आयोगले कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८  १६:०३
प्रतिक्रिया दिनुहोस्