Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा व्यापार उद्यमशिलता प्रशिक्षण कार्यक्रम

२०७८ फागुन २५
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमकोमा महिला तथा युवाहरुका लागी व्यापार उद्यमशिलता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार जिल्ला सदरमुकाम खलगांमा नेपाल ख्रीष्टिय राहत सेवाको आयोजनामा युवा तथा महिलाहरुको आय आर्जन बढाउने र व्यवसाय गर्न सिकाउने उद्देश्यले कार्यक्रम सम्पन्न भएको नेपाल ख्रीष्टिय राहत सेवा रुकुम पश्चिमका स्थानिय परिचालक सूर्य अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागिहरुलाई व्यापार, व्यवसाय, आम्दानी, बचत लगायतका कुरा सिकाइएको छ ।

महिलाहरुको लागि ५ दिन सम्म प्रशिक्षण कार्यक्रममा २५ जना युवा युवतिहरुको सहभागिता रहेको थियो भने ४ दिन सम्म सञ्चालन भएको प्रशिक्षणमा ५० जना महिलाहरुको सहभागिता रहेको थियो ।
सहभागिहरुलाई हिमालयन गर्जेज काठमाण्डौका प्रशिक्षक जेवी बोहोरा र राजुकुमार गौतमले प्रशिक्षण दिनुभएको हो ।

उक्त सन्चालित कार्यक्रमको समापन मुसीकोट नगरपालिकाका उप प्रमुख प्रेमकुमारी सुनारले गरेको बताइएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८  १७:०३
प्रतिक्रिया दिनुहोस्