Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चुनबाङको एक घरमा आगलागी, तीन लाख बराबरको क्षती

घरभित्रै रहेका बच्चालाई स्थानीयले जोगाए
२०७८ फागुन २५
tribeni2

रुकुम पूर्व / जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ९ चुनबाङमा एक घरमा आगलागी भएको छ ।

९ नम्वर वडाको ११ नम्वर टोल स्थित डाँडाँगाउँका भिमबहादुर विकको घरमा बुधबार दिउँसो ३ बजेतिर आगलागी भएको हो । आगलागी हुँदा अनुमानित तीन लाख बराबरको क्षती भएको वडा अध्यक्ष प्रवेश पुनले जानकारी दिनुभयो ।

वडा अध्यक्ष पुनका अनुसार आगलागिबाट घरमा भएको लत्ता कपडा, भाडाकुडाँ, अन्नपात जलेको छ । मानविय क्षति भने भएको छैन ।

घरमा भिमबहादुरको नाती एक्लै भएको र परिवारका अन्य सदस्यहरु बाहिर भएको बेलामा आगलागि भएको बताईएको छ । घरमा आगलागी भएको देखेपछि स्थानीयले बच्चालाई घरबाट बाहिर निकालेका थिए ।

भिमबहादुरको परिवारले घर नजिकै रहेको गोठमा भान्सा गर्दे आएका थिए । त्यो गोठबाट सल्किएको आगो घरमा लागेको हुनसक्ने अनुमान गरिएको छ ।

अहिले आगो नियन्त्रणमा आईसकेको वडाध्यक्ष पुनले बताउनुभयो । भिमबहादुरको परिवारलाई तत्कालको लागि वडा कार्यालयले ५० किलो चामल, एक पेटी तेल, ५ किलो दाल, दुई किलो नुन उपलब्ध गराइएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८  १९:०३
प्रतिक्रिया दिनुहोस्