Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम प्रशासनले हटायो कोरोना लक्षित प्रतिबन्धहरु

२०७८ फागुन २५
tribeni2

रुकुम पश्चिम / जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले कोरोनाको महामारी नियन्त्रणको लागि लगाएको प्रतिबन्ध हटाएको छ । कोरोना संक्रमण घट्दै गएपछि फागुन २६ गतेदेखि लगाइएको कोभिड सम्बन्धीका सबै प्रतिबन्ध हटाइएको प्रशासन कार्यालयले जनाएको छ ।

प्रशासन कार्यालयले एक सूचना जारी गरेर विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारलाई प्रभावकारी बनाउन नेपाल सरकार (मन्त्रिपरिषद) बाट भएको निर्णयहरु, कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस, कोभिड–१९ संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि २०७८, संक्रमण रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ समेत दिएको अधिकार प्रयोग गरी रुकुम पश्चिममा स्मार्ट लकडाउन जारी गरिएको र पछिल्लो समय कोभिड १९ को संक्रमण घट्दै गएपछि सबै खालका प्रतिबन्धहरु हटाईएको जानकारी गराएको हो ।

प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेद्वारा जारी सूचनामा कोभिड–१९ को संक्रमण घट्दै गएको भन्दै २०७८ फागुन २६ गते देखि लागू हुनेगरी प्रचलित कानून बमोजिमका राजनैतिक, आर्थिक, सामाजिक, शैक्षिक, व्यवसायिक लगायतका क्रियाकलापहरु प्रचलित स्वास्थ्य मापदण्डको पालना गरी गराई नियमित रुपमा संचालन गर्न, गराउन यस अघि जारी भएका आदेशहरुमा भएका प्रतिबन्धात्मक व्यवस्थाहरु पूर्ण रुपमा हटाइएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना :

प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८  २०:०३
प्रतिक्रिया दिनुहोस्