Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुमका एक युवाले पाए विश्व रेकर्ड कायम गरेको प्रमाणपत्र

२१ बर्षको उमेरमै ३ विश्व रेकर्ड
२०७८ फागुन २६
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमका एक युवाले विश्व रेकर्ड कायम गरेको प्रमाणपत्र पाउनुभएको छ । जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्वर ११ का २१ बर्षिय मानसिङ ओलीले (प्रभास) ले विश्व रेकर्ड कायम गर्नुभएको हो ।

बुधबार मात्र मानसिङले १२ सय ग्रामको गिनिज बुक अप वल्ड रेकर्ड पुस्तक लगातार ३ घण्टा ४० मिनेट ३ सेकेण्ड सम्म औंलामा घुमाएर विश्व रेकर्ड कायम गरेको प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

विश्व किर्तिमानी मानसिङले गत मार्च महिनामा ब्यालेन्स ग्रुप अप कम्पनि र अर्डर नाउले आयोजना गरेको एक कार्यक्रममा लगातार ३ घण्टा ४० मिनेट ३ सेकेन्डसम्म गिनिज बुक अप वल्ड रेकर्ड पुस्तक औलामा घुमाएको र बुधबार विजेताको प्रमाणपत्र पाएको बताउँनुभयो ।उहाँलाई अर्डर नाउका प्रमुख विजय प्रसाईले विश्व रेकर्ड कायम गरेको प्रमाणपत्र उपलब्ध गराउनुभएको हो ।

प्रभासले यस बाहेक अन्य दुई ओटा रेकर्ड समेत कायम गराएको बताउनुभयो । गत असोज ४ गते काठमाडौमा आयोजित एक कार्यक्रममा सबैभन्दा लामो समय औंलामा प्लेट घुमाएर विश्व रेकर्ड कायम गर्नुभएको थियो । उहाँले ४ घण्टा ४ मिनेट ४४ सेकेण्डमा उक्त रेकर्ड कायम गर्नुभएको थियो ।

त्यसैगरी उहाँले गिनिज बुक अफ वर्ड रेकर्डको पुस्तक सबैभन्दा बढी पटक फन्को लगाएर पनि रेकर्ड कायम गर्नुभएको छ । उहाँले उक्त पुस्तक एक मिनेटमा सबैभन्दा बढी ३ सय १५ पटक घुमाएर विश्व रेकर्ड जितेको बताउनुभयो ।

यी दुई ओटामा रेकर्ड कायम गराएको र प्रमाणपत्र आउने प्रक्रियामा रहेको प्रभासले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७८  ११:०३
प्रतिक्रिया दिनुहोस्