Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठबिसकोटमा नापी र मालपोत कार्यालय स्थापना हुने

 २०७८ फागुन २६
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा नापी र मालपोत कार्यालय स्थापना हुने भएको छ ।

अर्थ मन्त्रालयले फागुन २५ गते रुकुम पश्चिमको आठबिसकोट लगायत ,बाँकेको कोहलपुर ,महोत्तरीको गौशाला र डडेलधुराको जोगबुढामा नापी र मालपोत कार्यालय स्थापना गर्ने सहमतिको निर्णय भएको जनाएको छ ।

कार्यालय स्थापनाका लागी मन्त्रालयले गत १८ गते मन्त्रीस्तरबाट मन्त्रीपरिषदमा पेश गर्न निर्णय गरेपनि मन्त्री परिषदमा भने निर्णय हुन बाकि रहेको छ ।


त्यहाँका नागरिकहरु घरजग्गा लगायतको कारोवार गर्न तथा अन्य कामका लागी जिल्ला सदरमुकाम आउदा सास्ती भोग्नुपरेको गुनासो आउने गर्थे । अव आफ्नै पालिकाबाट सेवा सुविधा पाउने भएपछि नागरिकहरुले खुसि व्यक्त गरेका छन ।

प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७८  १२:०३
प्रतिक्रिया दिनुहोस्