सोसल मिडिया
रुकुम पश्चिम / जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले राष्ट्रिय परिचयपत्रको विवरण बुझाउन सुचना निकालेको छ।
बिहिबार कार्यालयले एक सुचना जारी गर्दै जिल्लामा सवै वडा वडाहरुमा राष्ट्रिय परिचयपत्र विवरण संकलन अभियान चलिरहेको र यहि समयमा सवले आ आफ्नो वडा कार्यालयमा गएर विवरण भर्न अनुरोध गरेको छ ।
साथै प्रशासनले राष्ट्रिय परिचयपत्रको विवरणको लागि सक्कल नेपाली नागरिकता, नागरिकता प्रमाणपत्रमा जन्ममिती हकमा सो खुल्ने प्रमाणपत्र वा स्थानिय निकायको सिफारिस, राहदानी लिएको भए सो को सक्कल वा प्रतिलिपि,बसाइसराइ गरेकाहरुको हकमा बसाइसराइ प्रमाणपत्र र विवाहित हकमा नागरिकतामा पति पत्निको नाम उल्लेख नभए विवाह दर्ता प्रमाणपत्र चाहिने भएकाले लिएर आउन पनि उल्लेख गरेको छ ।