Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रनिङ शिल्ड चलिरहेको बिद्यालयको छाना हावाले उडाउँदा बिद्यार्थी र शिक्षिका सहित पाँच घाईते

२०७८ फागुन २७
tribeni2

रुकुम पश्चिम / बिहिबार बेलुका आएको हावाहुरीले कारण जिल्लाको एक बिद्यालयको टिनको छाना उडाईदिएको छ । बिद्यालयको छाना हावाले उडाउँदा पाँच जना घाइते भएका छन ।

जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्वर ९ स्थित बालकल्याण माध्यमिक बिद्यालयको छाना हावाहुरीले उडाउँदा पाँच जना घाइते भएका हुन् । घाईते हुनेमा बिद्यार्थी, शिक्षिका र स्थानीय रहेका छन् । उक्त बिद्यालयमा नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड चलिरहेको छ ।

जनविकास माध्यमिक बिद्यालय आठबिसकोट १४ का प्रधानाध्यापक दिपक संगम थापाका अनुसार उक्त बिद्यालयमा बिद्यार्थी रामबहादुर मल्ल, जनकल्याण माध्यमिक बिद्यालय गोइरीका शिक्षिका अमृता रसाईली र छात्रा कविता बिक, आदर्श माध्यमिक बिद्यालयका क्यान्टिन सञ्चालक राजेन्द्र मल्ल र स्थानीय शुसिला बस्नेत घाईते हुनुभएको छ ।

घाईतेको टाउको, अनुहार तथा शरिरका अन्य भागमा चोट लागेको छ । घाईते सबैजनाको उपचार आठबिसकोट स्थित नगर अस्पतालमा गरिएकाे र स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।

गत फागुन २३ गतेबाट उक्त बिद्यालयमा नगर स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड चलिरहेको छ । घाईतेहरु सोही खेलकुद कार्यक्रममा सहभागि हुन आएका बिद्यार्थी, शिक्षिका र हेर्न आएका स्थानीय रहेको बताईएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८  ०६:०३
प्रतिक्रिया दिनुहोस्