Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा एक महिला मृत अवस्थामा फेला

२०७८ फागुन २७
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा एक महिला मृत अवस्थामा फेला परेकी छिन ।

जिल्लाको मुसिकोट नगरपालिका १३ लामीडांडा कि ६७ वर्षिया कली रोका बिहिवार साझ दोपाइबाट हाइवाङ जाने सडक खण्डको करिव १०० मिटर तल गोरेटो बाटोमा मृत अवस्थामा फेला परेकी हुन ।

कली रोका गत २४ गते छिमेकीको घरमा गाउँ बस्न भनि गएको र दुइ दिनसम्म नफर्के पछि स्थानीयले खोजी गरेका थिए । खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खवर गरका थिए ।

महिलाको लडेर मृत्यु भएको हुन सक्ने बताइएकाे छ । थप अनुसन्धानका लागि शव जिल्ला अस्पताल सल्लेमा ल्याइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८  १२:०३
प्रतिक्रिया दिनुहोस्