Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जिल्ला समन्वय समिति जाजरकोटका उप–प्रमुखसहित १० जना माओवादीमा प्रवेश

२०७८ फागुन २७
tribeni2

जाजरकोट /  जिल्ला समन्वय समिति जाजरकोटका उप–प्रमुख ज्ञानीप्रसाद आचार्य सहित १० जनाले माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

आज वीरेन्द्रनगरमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उप–प्रमुख सहित १० जनाले नेपाली काँग्रेस पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नव प्रवेशीहरुलाई स्वागत गर्दै पार्टी प्रवेश गराउनुभएको हो ।

माओवादीमा प्रवेश गर्नेमा ज्ञानीप्रसाद आचार्य, हिराप्रसाद आचार्य, नैने कामी, हर्कबहादुर विक, लिले वर, भाने वर, बलबहादुर विक, खिमबहादुर नेपाली, मोहन विक, रामकुमारी कामी लगायतको टीम रहेको नेकपा (माओवादी केन्द्र) जाजरकोटले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८  १४:०३
प्रतिक्रिया दिनुहोस्