Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिस्नेमा बैशाखी र सेतो छडि हस्तान्तरण

२०७८ फागुन २७
tribeni2

रुकुम पूर्वको सिस्ने गाउँपालिकामा अपांगता भएका व्यक्तिहरुको उपयोगीताको लागि बैशाखी र सेतो छडि उपलब्ध गराईएको छ । गाउँपालिका भित्रका १६ जना अपांगता भएका व्यक्तिहरुको लागि सहायक सामाग्रीहरु उपलब्ध गराईएको हो ।

अपांग सशक्तिकरण एवम् सञ्चार केन्द्र (डेक नेपाल)का कार्यकारी निर्देशक देविदत्त आचार्यले सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल, उपााध्यक्ष गोबरधन बुढा र निमित्त प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी दाहाललाई उक्त सामाग्री उपलब्ध गराउनुभएको हो ।

आठ जोडा बैशाखी र आठ थान सेतो छडि गाउँपालिकालाई उपलब्ध गराईएको डेक नेपालका कार्यकारी निर्देशक आचार्यले बताउँनुभयो । आवश्यकताको आधारमा गाउँपालिकाको माग तथा अनुरोध बमोजिम सामाग्री उपलब्ध गराईएको उहाँले जनाउनुभयो ।

बैशाखी शारीरिक अपांगता भएका व्यक्तिहरुको लागि र सेतो छडि दृष्टिबिहिन व्यक्तिहरुको उपयोगी हुन्छ । गाउँपालिकामा वडाबाट धेरै माग आएको र पहिलो चरणमा यी सामाग्री वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

डेक नेपालको समन्वयमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गतको सहायक सामाग्री उत्पादन तथा वितरण कार्यक्रमबाट उक्त सामाग्रीहरु उपलब्ध गराईएको हो ।

 

प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८  १५:०३
प्रतिक्रिया दिनुहोस्