Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

राष्ट्रिय परिचय पत्र बिवरण संकलन सम्बन्धी अभिमुखिकरण सम्पन्न

२०७८ फागुन २७
tribeni2

रुकुम पश्चिम / बाँफिकोट गाउँपालिकामा राष्ट्रिय परिचय पत्रको बिवरण संकलन सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । आज वाँफिकोट गाउँपालिकामा बिवरण संकलन रुजु अधिकारी र वडाध्यक्षहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

बाँफिकोट गाउँपालिकाका उपाध्यक्ष मनकला पुनको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको प्रमुख अतिथ्यता, निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञान बहादुर खड्का, राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका प्राबिधिक विपिन आचार्य, १० वटै वडाका वडा अध्यक्ष र दर्ता अधिकारी वडा सचिवहरू, पालिकाका शाखा प्रमुखहरू र इलाका प्रहरी कार्यालय बाँफिकोटका दर्ता अपरेट समेत को उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका प्राबिधिक विपिन आचार्यले राष्ट्रिय परिचय पत्रको महत्व तथा विवरण संकलन प्रक्रियाका बारेमा जानकारी दिनुभएको थियो । प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले समग्रमा विवरण संकलन कार्यक्रम तथा जिल्ला प्रशासन कार्यालयले प्रदान गर्ने सेवाका बारेमा सहभागीहरूलाई जानकारी गराउनु भएको थियो ।

कार्यक्रमका सहभागिहरुले राष्ट्रिय परिचय पत्र, नागरिकता प्राप्ति तथा कार्यालयबाट प्रवाह हुने सेवा सम्बन्धी जिज्ञासा राखेका थिए । जिज्ञासामा प्रमुख जिल्ला अधिकारी घिमिरेले प्रट्याउनु भएको थियो ।   

भोलि फागुन २८ देखि बाँफिकोट गाउँपालिकाको ४ नं वडाबाट विवरण संकलन शुरू हुने र उक्त अभियान प्रत्येक वडामा १० देखि १५ दिनसम्म संचालन हुने पालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत ज्ञान बहादुर खड्काले जानकारी गराउनु भयो । साथै अन्य वडाहरुमा पनि छिट्टै अभियान थालिने खड्काले जानकारी गराउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले फागुन २५ गते राष्ट्रिय परिचयपत्रको बिवरण संकलन अभियान सम्बन्धी सूचना जारी गरि सबैलाई आवश्यक कागजात सहित वडा कार्यालयमा गई बिवरण दर्ता गराउन अनुरोध गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८  १९:०३
प्रतिक्रिया दिनुहोस्