Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुमकी अमृता अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

२०७८ फागुन २८
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १३ निवासी अमृता नेपाली भगत सर्वजित विश्वकर्मा अन्तर्राष्ट्रिय पुरस्कार २०७८ बाट सम्मानित हुनुभएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नगद २० हजार रुपैयाँसहित उहाँलाई सम्मान गर्नुभएको छ । अमृतालाई दलित समुदायका विद्यार्थीहरुको शैक्षिक उत्थानका लागि गरेको योगदानको कदर गर्दै भगत सर्वजित विश्वकर्मा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मान गरिएको हो ।

नेपाल दलित साहित्य तथा सस्कृति प्रतिष्ठानको छैठौं राष्ट्रिय सम्मेलनका अवसरमा आयोजित कार्यक्रममा उहाँलाई सम्मान गरिएको हो । स्थानीय एक बिद्यालयमा शिक्षिकाको रुपमा कार्यरत रहँदा उहाँ जातकै कारण जागिरबाट निकालिनुभएको थियो । 

प्रतिष्ठानका अध्यक्ष रणेन्द्र बरालीले आफ्ना बुबा आमाको नामबाट स्थापना गरेको भीमामृत अक्षयकोषबाट स्थापित भगत सर्वजित विश्वकर्मा अन्तर्राष्ट्रिय पुरस्कार २०७८ शुक्रबार काठमाडौमा वितरण गरिएको हो ।
सो अवसरका २०७८ सालको भगत सर्वजित विश्वकर्मा अन्तर्राष्ट्रिय पुरस्कारबाट शिक्षा क्षेत्रमा दलित समुदायका लागि शिक्षाको क्षेत्रमा पुस्तकालय स्थापना गर्न तनहुँको सहिद गंगा माध्यमिक विद्यालयलाई २० हजार राशीको पुरस्कार प्रदान गरिएको छ ।

यो पनि पढ्नुहोस् ....

रुकुमकी पहिलो दलित महिला अधिवक्ताको संघर्ष - ‘खरानीले अक्षर सिकेर अधिवक्ता भएँ’

प्रकाशित मिति: शनिबार, फागुन २८, २०७८  ०६:०३
प्रतिक्रिया दिनुहोस्