Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा आजदेखि कोरोना बिरुद्धको खोप लगाउन शुरु

२०७८ फागुन २८
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वमा आजदेखि कोरोना बिरुद्धको खोप शुरु हुने भएको छ । आज देखि ३ दिनसम्म जिल्लाका तिनवटै पालिकाका ३१ वटा वडाका सबै खोप केन्द्रबाट खोप लगाइने भएको छ ।

यसअघि खोपको पहिलो र दोस्रो मात्रा लगाई दोस्रो मात्रा लगाएको ६ महिना पुरा भएका १८ बर्ष माथिकालाई, हाल सम्म कुनै पनि खोपको मात्रा नलगाएकालाई र पहिलो मात्रा लगाई अरु मात्रा लगाउन छुटेका सबैलाई खोप लगाइने स्वास्थ्य कार्यालय रुकुम पूर्वले जनाएकाे छ ।

पहिलो मात्रा कोभिसिल्ड लगाएकाहरुलाई कोभिसिल्ड र भेरोसिएल लगाकाहरुलाई भेरोसिएल, कुनै पनि खोप नलगाएकाहरुलाई जोनसोन एण्ड जोनसोन लगाइने साथै दाेस्रो मात्रा लगाउन छुटेका १२ देखि १७ बर्षका बालबालिकालाई मोडर्नाको दोस्रो मात्रा लगाइने स्वास्थ्य कार्यालयका काेल्ड चेन निरीक्षक मनोज श्रेष्ठले बताउनु भयाे ।

वैशाख १० गते जिल्लालाई पूर्ण कोभिड खोप युक्त जिल्ला घोषणा गर्ने लक्षका साथ यो अभियान संचालन गरिएको समेत श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, फागुन २८, २०७८  ०८:०३
प्रतिक्रिया दिनुहोस्