Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा एमाले अधिवेशन सुरु भएको ३ दिनसम्म पनि पदाधिकारी टुङ्गो लागेन

२०७८ फागुन २९
tribeni2

रुकुम पुर्व / नेकपा एमाले रुकुम पूर्वले अधिवेशन सुरु भएको तीन दिनसम्म पनि पदाधिकारीको टुङ्गो लगाउन सकेको छैन । गत फागुन २७ गते रुकुमकोटमा आठौ जिल्ला अधिवेशनको उद्धघाटन भएको थियो । अधिवेशन उद्धघाटन भएको तीन दिन हुँदा पनि अझै पदाधिकारीको टुङ्गो लाग्न नसकेको हो ।

उद्धघाटनकै दिनबाट बन्द सत्र सुरु गरेको एमालेले अहिलेसम्म पदाधीकारीको टुङ्गो लगाउन नसकेको जिल्ला नेता लिलामणी गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार पदाधिकारीको केहि पदमा सहमती जुुटेपनि अझै केहि पदमा सहमती जुट्न सकेको छैन ।

सहमतीबाटै नयाँ जिल्ला कार्यसमिति चयनको लागि छलफल चलिरहेको गौतमले बताउनुभएको छ । सम्भवत आजै रातिसम्म नेकपा एमालेको नयाँ जिल्ला कार्यसमिति चयन हुने बताईएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८  २०:०३
प्रतिक्रिया दिनुहोस्