Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिस्नेमा चैत्र १० बाट राष्ट्रपति रनिङ शिल्ड हुने

कक्षा १ देखि ९ सम्मको वार्षिक परिक्षा चैत्रको २७ गतेबाट
२०७८ फागुन २९
tribeni2

रुकुम पूर्व / सिस्ने गाउँपालिकाले चैत्र १० गतेबाट तेस्रो राष्ट्रपति रनिङ शिल्ड सञ्चालन गर्ने भएको छ । सिस्ने गाउँपालिकामा आइतबार बसेको प्रधानाध्यापकहरुको बैठकले चैत्र १० गतेदेखि १२ गतेसम्म शिल्ड सञ्चालन गर्ने निर्णय गरेको हो ।

सिस्ने गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक नरेन्द्र ओलीले यस वर्षको शिल्ड सिस्ने गाउँपालिकाको वडा नम्बर ५ मा रहेको रुक्मिणी माध्यामिक विद्यालयमा सञ्चालन हुने बताउनुभयो । शिल्डमा कक्षा १२ सम्म अध्यनरत १८ वर्ष भन्दा कम उमेरका विद्यार्थीहरुले सहभागिता जनाउन पाउनेछन् ।

शिल्डमा भलिबल, कबड्डी, दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याब्लिङ थ्रो लगाएतका प्रतियोगिताहरु सञ्चालन गरिने प्राविधिक सहायक ओलीले बताउनुभएको छ ।

उहाँका अनुसार प्रधानाध्यापकहरुको बैठकले कक्षा १ देखि ९ सम्मको वार्षिक परिक्षा चैत्रको २७ गतेदेखि बैशाख ८ गतेसम्ममा सम्पन्न गर्ने निर्णय गरेको छ । जसको लागि प्रश्न पत्र निर्माण गर्न भनेर शिक्षा शाखा प्रमुख मंगलसिहं बुढाको संयोजकत्वमा प्रश्नपत्र निर्माण समिति पनि निर्माण गरेको प्राविधिक सहायक ओलीले बताउनुभयो ।

गाउँ शिक्षा समिति संयोजक एवम् सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालको अध्यक्षतामा बसेको बैठकमा गाउँपालिका उपाध्यक्ष गोबरधन बुढा, निमित्त प्रमुख प्रशासकिय अधिकृत चिन्तामणी दाहाललगाएत गाउँपालिका भित्रका विभिन्न विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८  २०:०३
प्रतिक्रिया दिनुहोस्