सोसल मिडिया
नेकपा मालेले संसदमा पेश भएको नागरिकता ऐन–२०६३ को संशोधन विधेयकमा समेटिएका केही विषय राष्ट्रिय हित विपरित भएको जनाएको छ ।
विधेयकमा आमाको नामबाट वंशजको नागरिकता पाउनुपर्ने र नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलाले स्वतः अङ्गीकृत नेपाली नागरिकता पाउनुपर्नेजस्ता व्यवस्था राष्ट्रिय हित विपरीत रहेको मालेको ठहर छ ।
पार्टीको केन्द्रीय कार्यालय रातोपुल, काठमाडौँमा सम्पन्न स्थायी कमिटीको बैठकले संसद्मा विचाराधीन रहेको नागरिकता संशोधन विधेयकलाई फिर्ता लिई विशेषज्ञ र जनस्तरसम्म व्यापक छलफल चलाउनु पर्ने जनाएको छ ।
कुनै मापदण्डबिना आमाको नामबाट वंशजको नेपाली नागरिकता पाउनुपर्ने र नेपाली नागरिकता कायम राख्दै विदेशीसँग विवाह गर्ने विषयले राष्ट्रियता कमजोर बनाउने मालेको निष्कर्ष निकालेको छ ।
सेना परिचालनमा राष्ट्रिय सुरक्षा समिति र राष्ट्रपतिको भूमिकालाई न्यूनीकरण गरिएमा जनतामाथि निरङ्कुशतन्त्र र सैनिक शासनको खतरा बढने हुँदा त्यसतर्फ सतर्क हुन सरकरलाई बैठकले आग्रह गरेको छ ।