Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

विवादका बिच सकियो आठबिसकोटमा रनिङ शिल्ड, बिद्यार्थीद्वारा न्याय र बिद्यालयद्वारा कारबाहिको माग

२०७८ फागुन ३०
tribeni2

रुकुम पश्चिम : गत फागुन २३ गतेबाट आठबिसकोटमा सुरु भएको तेस्रो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड विवादका बिच आईतबार सम्पन्न भएको छ । आठबिसकोट नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाद्वारा आयोजित रनिङ शिल्ड वडा नम्वर ९ स्थित बालकल्याण माध्यमिक बिद्यालयमा भएको सञ्चालन भएको थियो ।

शिल्डमा बालकल्याण मावि राडीले ६ स्वर्ण, २ रजत प्राप्त गरि प्रथम भएको खेलकुद युवा तथा खेलकुद विकास समिति अध्यक्ष सन्देश बिकले जानकरी दिनुभयो । त्यस्तै ५ स्वर्ण, ४ रजक,२ कास्य प्राप्त गरि शाई कुमारी मावि रोकाजाखेतले दोस्रो स्थान प्राप्त गरेको छ । ५ स्वर्ण, ३ रजक र २ कास्य प्राप्त गरि जनता मावि झिन्चौर तृतीय भएको आयोजकले जानकारी दिएको छ ।

त्यस्तै कालिका मा.बि. सुन्दरपानीले ५ स्वर्ण १ रजत, २ कास्य प्राप्त प्राप्त गरेर चौथो स्थान हाँसिल गरेको छ भने २ स्वर्ण, ३ रजत र ३ कास्य प्राप्त गरि ज्ञानोदय मावि चौताराले पाँचौ स्थान प्राप्त गर्न सफल भएको छ ।

बिद्यार्थीद्वारा न्यायको माग

खेल सुरुवात भएको सातौ दिनमा समापन भएको रनिङ शिल्डमा केहि बिद्यार्थी र बिद्यालयलाई अन्याय भएको भन्दै नगरपालिकामा निवेदन पेश गरेका छन् । खेल सञ्चालन भएको बालकल्याण उच्च माबि लाई जिताउने मनसायले आयोजक र रेफ्रि लागेको भन्दै न्याय र कारबाहिको माग गरिएको छ ।

बिद्यार्थीहरुले संयुक्त रुपमा नगरपालिकामा हालेको निवेदन
बिद्यार्थीहरुले संयुक्त रुपमा नगरपालिकामा हालेको निवेदन

प्रतियोगीतामा सहभागि शाई कुमारी माविका नौ जना बिद्यार्थीहरुले आईतबार नगरपालिकाको शिक्षा शाखामा न्याय दिलाई पाउँ भन्दै निवेदन पेश गरेका छन् । उनीहरुले २५ गते भएको बालकल्याण मावि सँगको भलिबल प्रतियोगितामा आफ्नो टिमलाई अन्याय गरेको उल्लेख गरेका छन् ।

भलिबलको जालिमा राखिएको एण्टेनाको बाहिरबाट आएको बललाई समेत नदेखेजस्तो गरेर रेफ्रिले बिपक्षिलाई नम्वर दिएको उनीहरुको आरोप छ ।

यस बिषयमा आवाज उठाउँदा आफुहरुलाई हप्कीदप्की गरेको र छलफल बिनै खेलबाट सम्पूर्ण टिमलाई हटाएको बिद्यार्थीहरुको भनाई छ । खेल खेल्नै नपाउँने गरी गरेको घोषणाले आफुहरुको खेले खेल्न पाउँने अधिकार बञ्चित गरिएको भन्दै न्याय पाउँने आशाले नगरपालिकामा निवेदन पेश गरिएको शाई कुमारी माविका बिद्यार्थी रोशनी घर्तिले बताउनुभयो ।

कारबाहीको नभए शिल्डमा सहभागी नुहुने

प्रतियोगीतामा सहभागि शाई कुमारी मावि रोकाजाखेतले खेल सञ्चालनका क्रममा आयोजकले गल्ति गरेको भन्दै कारबाहिको माग गरेको छ ।

बिद्यालयले नगरपालिकामा दर्ता गराएको निवेदन
बिद्यालयले नगरपालिकामा दर्ता गराएको निवेदन

आईतबार नगरपालिकामा बिद्यालयले एक निवेदन पेश गरेर सुरुको टाईसेट र गोलाप्रथा देखि नै आयोजकले गल्ति गरेको भन्दै रिले दौडमा प्रथम भएका आफ्नो बिद्यालयका बिद्यार्थीलाई हराएको आरोप लगाईएको छ ।

यस बिषयमा कुरा उठाउँदा शिक्षा शाखाकै जिम्मेवार व्यक्तिबाट धम्कि आएको समेत निवेदनमा उल्लेख गरिएको छ । बिद्यालयले यस खालका गल्ति कमजोरी गर्नेहरुलाई कारबाहिको माग गर्दै कारबाहि नभएसम्म आगामी रनिङ शिल्डमा सहभागी नहुने समेत निवेदनमा उल्लेख गरेको छ ।

 

प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  १०:०३
प्रतिक्रिया दिनुहोस्