Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नेपाली काँग्रेसका जिल्ला सदस्य तथा वडा अध्यक्षले पार्टी छोडे

२०७८ फागुन ३०
tribeni2

रुकुम पूर्व / नेपाली काँग्रेसबाट गत स्थानीय तहको चुनावमा उमेदवार बनेका रुकुम पूर्वका एक वडा अध्यक्षले पार्टी परित्याग गर्नुभएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष सुरबहादुर रोकाले नेपाली कांग्रेस छोड्नु भएको हो ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य समेत रहनुभएका रोकाले एक बिज्ञप्ती लेखेर पार्टीको साधारण सदस्य समेत नरहेको जानकारी गराउँनुभएको हो । आफुले नेपाली कांग्रेसबाट पार्टी परित्याग गरेको र आगामी दिनमा कुनै पनि दलमा आबद्ध नभई स्वतन्त्र भइ बस्ने भनाई उहाँको छ ।

हालै सम्पन्न पार्टीको प्रदेश महाधिवेशनमा आफुले उम्मेदवारी दिन खोज्दा रोकाले र आफुलाई पार्टीको बैठकमा अपमान गरेको उहाँले उल्लेख गर्नुभएको छ । पार्टीमा नातावाद मौलाएको, विकासका योजनाहरूमा पार्टीका नेताहरू नै तगारो बनेकाले पार्टी त्याग गर्न बाध्य भएको रोकाले बताउँनुभएको छ ।

 

प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  १६:०३
प्रतिक्रिया दिनुहोस्