Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

घटना दर्ता र सामाजिक सुरक्षा सम्बन्धी अभिमुखिकरण

२०७८ फागुन ३०
tribeni2

रुकुम पश्चिम / मुसिकोट नगरपालिकामा घटना दर्ता र सामाजिक सुरक्षा कार्यक्रम सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

युनिसेफ नेपाल र सेभ द चिल्ड्रेनको सहयोग तथा मुसिकोट नगरपालिकाको समन्वयमा सोमबार समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिविस) नेपालले अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।

घटना दर्ता र सामाजिक सुरक्षा कार्यक्रमसँग सम्बन्धित गुनासो सुनुवाई समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण गरिएको हो ।

नगरपालिका र नगरपालिका मातहतका वडा कार्यालयहरुमा सेवाग्राहीहरुबाट घटना दर्ता र सामाजिक सुरक्षा कार्यक्रममा आउने गरेका गुनासोहरुको अभिलेख तयार पार्ने र त्यसको समाधानका लागि गुनासो सुनुवाई समितिका पदाधिकारीहरुलाई सक्रिय बनाउने उद्देश्यले अभिमुखिकरण कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

नगरपालिकाका उप प्रमुख प्रेम कुमारी सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर पुन, वडा नम्बर १, ४, ५, ९, ११, १२ र १३ का अध्यक्ष, कार्यपालिका सदस्य एवम् महिला सदस्य तथा वडा सचिव र पञ्जिकरण शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण सेभ द चिल्ड्रेनका बरिष्ठ परियोजना संयोजक पुष्कर काफ्ले, लेखा अधिकृत किशोर पाण्डे र सिविस नेपालका परियोजना संयोजक उमङ्ग मैनालीले गर्नु भएको थियो । नगरपालिकाको सभाहल सेरीगाउँमा सम्पन्न कार्यक्रमको सञ्चालन सिविस नेपालका सामाजिक परिचालन अधिकृत गणेश कुमार खड्काले गर्नु भएको थियो ।

प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  १७:०३
प्रतिक्रिया दिनुहोस्