Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रेडबुलमा अल्कोहल मिसाएर नाबालिका बलात्कार गर्न खोज्ने एक युवक पक्राउ

२०७८ फागुन ३०
tribeni2

रुकुम पश्चिम / नाबालिकालाई जबरजस्ती बलात्कार गर्न खोज्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

बर्दियाको गुलरिया नगरपालिका वडा नम्वर १२ का घर भई हाल रुकुम पश्चिमको चौरजहारी १३ मा होटेल व्यवसाय गरिबस्ने ३२ बर्षका दिपक परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) ध्रुवकुमार श्रेष्ठका अनुसार गत फागुन २५ गते बेलुका करिब ८ बजेको समयमा दिपकले चौरजहारी नगरपालिका १४ की एक १३ बर्षिया नाबालिकालाई बलात्कार प्रयास गरेका थिए ।

पीडितले ईलाका प्रहरी कार्यालय चौरजहारीमा दिएको जाहेरीको आधारमा पक्राउ गरेर आरोपित बिरुद्ध जबरजस्ती करणी प्रयास उद्योगमा मुद्धा चलाईएको डिएसपी श्रेष्ठले बताउँनुभयो । आईतबार नै उनी बिरुद्ध मुद्धा दर्ता भएको हो ।

उहाँका अनुसार चौरजहारी नगरपालिकाको वडा नम्वर १ स्थित एक होटलमा आफुलाई बोलाएर रेडबुल खान अनुरोध गरेको तर त्यसमा अल्कोहल मिसाएर आफुलाई जबरजस्ती बलात्कार गर्न खाजेको नाबालिकाले जानकारी दिएकीछिन् । आफूलाई जबरजस्ती गर्न खोजेपछि आफू त्यहाँबाट कराएर भागेको उनले बताएकीछिन् ।

आरोपी दिपक परियारलाई रुकुम जिल्ला अदालत १० दिनको म्याद थपेर थप अनुसन्धान सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  १८:०३
प्रतिक्रिया दिनुहोस्