Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

एमाले रुकुम पूर्वको अध्यक्षमा ओली सर्वसम्मत चयन

२०७८ फागुन ३०
tribeni2

रुकुम पूर्व / रुकुमकोटमा जारी नेकपा एमालेको आठौ जिल्ला अधिवेशनले चार दिनपछि सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।

अधिवेशनबाट रुकुम पूर्वको जिल्ला अध्यक्षमा टोपबहादुर ओली सर्वसम्मत चयन हुनुभएको हो । ओलीको अध्यक्षतामा सोमबार ९५ सदस्यीय नयाँ जिल्ला कार्ससमिति चयन भएको छ ।

कार्यसमितिको उपाध्यक्षमा दामप्रसाद श्रेष्ठ, सचिवमा गोपाल रेउले, उपसचिवमा भावना विसी र तेजेन्द्र बुढा चयन हुनुभएको नेकपा एमाले रुकुम पूर्वले जनाएको छ ।

जिल्ला सदरमुकाम रुकुमकोटमा फागुन २७ गते आठौ जिल्ला अधिवेशनको उद्धघाटन भएको थियो ।

प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  १८:०३
प्रतिक्रिया दिनुहोस्