Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

होटेलको छत बाट खसेर भिमबहादुरको मृत्यु

tribeni2

जाजरकोट /  जाजरकोटमा होटेलको छत बाट खसेर एक यूवाकाे मृत्यु भएको छ ।

जिल्लाको भेरी नगरपालिका १ कालेगाउँका २५ बर्षिय भिमबहादुर बुढाको होटेलको छत बाट खसेर मृत्यु भएको हो ।

खलंगा स्थित न्यूरोड गेष्ट हाउसको चौथो तलाबाट खसेर मंगलबार विहान ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

मृतक बुढा जयकृष्ण पोल्टी सप्लार्यमा कुखुरा ओसारप्रसार गर्दै आएका थिए । बुढाले बोमेट गर्ने क्रममा छतबाट खसेर मृत्यु भएको खुल्न आएको पनि प्रहरीले जनाएको छ ।

बुढाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल जाजरकोटमा राखिएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  ११:०३
प्रतिक्रिया दिनुहोस्