Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भाइरल ज्वरोले एक हप्ता देखि एउटै बिद्यालयका अधिकांश बिद्यार्थी थला परे

भोलीदेखी मात्र जाँच हुने
tribeni2

 रुकुम पश्चिम /  रुकुम पश्चिम जिल्लाको एक बिद्यालयका अधिकांश बिद्यार्थी एक हप्ता देखि भाइरल ज्वरोका कारण बिरामी भएका छन् ।

जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर ७ कुरलमा रहेको बालकल्याण आधारभुत विद्यालयका अधिकांश विद्यार्थी विरामी परेका हुन् । विद्यार्थीमा अत्याधिक ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने जस्ता लक्षण देखिएको बिद्यालयले जनाएको छ ।

बिद्यालयका प्रधानाध्यापक झुपलाल ओलीले विरामी परेपछि विद्यार्थीहरु विद्यालय आउन छोडेको बताउनुभयो । उहाँले एक हप्ता यता बिद्यार्थीमा यस्तो समस्या देखिएको जानकारी दिनुभयो । केहि बिद्यार्थीहरु स्थानीय सिम्रुतु स्थित मेडिकलमा उपचार गरेर घरमै रहेको र केहि घरायसी उपचार गरेर बसेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार २० जना बिद्यार्थी एक साता देखि बिरामी छन् । बिद्यालयमा आउने गरेका बिद्यार्थीहरु पनि ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने समस्याबाट ग्रसित रहेको प्रधानाध्यपक ओलीले जनाउनुभयो । विरामी भएकै कारण अहिले विद्यालयमा पठनपाठन बन्द हुने अवस्था रहेको उहाँको भनाई छ ।

स्वास्थ्य समस्या आएपछि स्थानीय मेडिकल तथा स्वास्थ्य संस्थामा उपचार गराईरहेका बिद्यार्थीमा भाइरल ज्वरोको समस्या रहेको बताईको छ । बिद्यालयमा बिद्यार्थीहरु बिरामी हुन थालेको खबर आज प्राप्त भएकोले भोलि बिद्यालयमा स्वास्थ्यकर्मीको टोली पठाएर चेक जाँच तथा उपचार सुरु गरिने वडा अध्यक्ष बिरबहादुर खड्काले बताउँनुभयो ।

शिशु कक्षा देखि ५ कक्षा सम्म सञ्चालित उक्त बिद्यालयमा ५० जना बिद्यार्थी रहेको बिद्यालयले जनाएको छ । गर्मी सुरु भएपछि विद्यार्थी विभिन्न किसिमका स्वास्थ्य समस्या देखिने गरेको छ ।

प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  १७:०३
प्रतिक्रिया दिनुहोस्