Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
दुर्घटना

दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं ७ चैत
tribeni2

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा होली खेल्ने क्रममा भएको दुर्घटनामा परी दुईको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

होेली पर्वमा जथाभावी सवारी साधन चलाउँदा स्वयम्भु र सातदोबाटोमा भएको दुर्घटनामा दुईको मृत्यु भएको हो । दुर्घटनामा काठमाडौँ कीर्तिपुरका ३१ वर्षीय सुनिल शाही र ललितपुर गोदावरीका १७ वर्षीय सचिन श्रेष्ठको मृत्यु भएको  छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले घाइतेहरूको स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पताल र सातदोबाटोस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

होलीमा बुधबार मात्र काठमाडौँ उपत्यकाका स्थानमा १० दुर्घटना भएका थिए । गत वर्षको होलीमा २२ सवारी साधान दुर्घटनामा हुँदा १८ घाइते भएका थिए ।

ट्राफिक प्रहरीले बुधबार होलीमा उपत्यकाभित्र जथाभावी रुपमा सवारीसाधन चलाउने ९१८ चालकलाई कारवाहीसमेत गरेको छ । तीमध्ये ९०५ दुईपाङ्ग्रे र १३ चारपाङ्ग्रे सवारीसाधनका चालक कारवाहीमा परेका थिए ।

प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५  ०८:०३
प्रतिक्रिया दिनुहोस्