Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

युवालाई स्वरोजगार बनाउन ड्राइभिङ तालिम

२०७८ चैत १
tribeni2

रुकुम पूर्व / युवालाई स्वरोजगार बनाउने लक्ष्यका साथ रुकुम पूर्वको सिस्ने गाउँपालिकामा ड्राइभिङ तालिम सुरु भएको छ । गाउँपालिकाको २ र ४ नम्बर वडाका बेरोजगार युवालाई लक्षित गरि सदरमुकाम रुकुमकोटमा तालिमको आयोजना गरिएको छ । जीप, कार, ट्याक्सी र एम्बुलेन्स जस्ता साना गाडी चलाउन एक महिने ड्राइभिङ सम्बन्धी सीप विकास तालिमको आयोजना गरिएको हो ।

ड्राइभिङ तालिमको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहाल, ५ नम्बर वडाध्यक्ष शान्ते बहादुर विक, ६ नम्बर वडाध्यक्ष सुधन रेग्मीले संयुक्त रुपमा व्यानर खोलेर उद्धघाटन गर्नुभएको हो ।

सीप सिकेका कोहि पनि युवा बेरोजगार बस्नु नपर्ने तथ्यलाई ध्यानमा राखि ड्राइभिङ तालिम सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत दाहालले बताउनुभयो । यस तालिमले बेरोजगारीको दर घटाउन मद्दत गर्ने दाहालको भनाई छ । तालिम अवधिभर सक्रिय रुपमा सहभागि भई सिप सिक्न तालिमका सहभागिहरुलाई उहाँले आग्रह गर्नुभयो ।

गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत गाउँपालिकाको चालु आर्थिक वर्ष २०७८÷०७९ को स्वीकृत बजेटले २२ जना युवालाई ड्राइभिङ तालिम दिन सुरु गरिएको हो । १० देखि १२ जनालाई तालिम दिने लक्ष्य राखिएको भएपनि तालिममा २२ जना यूवा सहभागि भएको उद्यम विकास सहजकर्ता मदन विसीले बताउनुभयो । उहाँका अनुसार तालिममा सबैभन्दा बढि विदेशबाट फर्किएका र गाउँमा बेरोजगार बसिरहेका युवाहरुको सहभागीता रहेको छ ।

युवाबाट ड्राईभिङ तालिमकै माग आएकाले उनिहरुको मागअनुसार ड्राईभिङ तालिम दिन सुरु गरेको उद्यम विकास सहजकर्ता विसीले बताउनुभयो । एक महिनासम्म सिप सिक्दा लाग्ने सम्पूर्ण शुल्क गाउँपालिकाले तिर्ने छ । खान बस्नको व्यवस्था भन्ने सहभागि आफैले गर्ने भएका छन । गाउँपालिकाको सहयोगमा ठूली भेरी इन्जिनिरिङ एण्ड टेक्निकल ट्रेनिङ बहुसेवा प्राली शाखा कार्यालय रुकुमकोटले ड्राईभिङ तालिम सिकाउन सुरु गरेको छ ।

प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  २०:०३
प्रतिक्रिया दिनुहोस्