Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा कृषिगणना कार्यालय स्थापना

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा राष्ट्रिय कृषिगणनाका लागि जिल्ला कृषि गणना कार्यालय स्थापना गरिएको छ । मंगलबार जिल्लाको सदरमुकाममा स्थित तथ्याङ्क कार्यालयसगैं कृषिगणना कार्यालय स्थापना गरिएको हो ।

'कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार' भन्ने नाराका साथ केन्द्रीय तथ्यांक विभागले आगामी वैशाखदेखि राष्ट्रिय कृषिगणना गर्न लागेको छ ।

राष्ट्रिय कृषिगणनाका लागि सुपरीवेक्षक र गणकको भर्ना गर्ने प्रक्रिया चलिरहेको छ ।

सुपरीवेक्षक र गणकका लागी चैत ७ गते भित्रमा अनलाइन फर्म भरिसक्नुपर्ने अथवा आवश्यक कागजात सहित जिल्ला कृषिगणना कार्यालयमा गएर फर्म भर्न सकिने जिल्ला तथ्याङ्क कार्यालयका सहलेखापाल डिल्ली रमण डिसीले जानकारी दिनुभयो ।

केन्द्रीय तथ्यांक विभागका अनुसार देशभर ५ हजार २३ जना गणक कृषि गणनाका लागि खटिनेछन् । उनीहरुको सहजीकरणका लागि १ हजार २ सय ८० जना सुपरिवेक्षक खटिने भएका छन् ।
कृषि गणनामा नेपालका प्रत्येक जिल्लाको कृषि संरचना, गतिविधि तथा कृषि उत्पादनसँग सम्बन्धी विवरण संकलन गरिन्छ ।

कृषकले चलन गरेको जग्गाको आधार, जग्गाको उपभोग र उपयोग, बाली लागेको क्षेत्रफल र बालीको उत्पादन, सिँचाइ, पशुपन्छी संख्या, कृषि औजारको उपयोग, कृषि कर्ममा संलग्न जनशक्तिजस्ता विषयमा तथ्यांक संकलन गरिने भएको छ ।

 

प्रकाशित मिति: बुधबार, चैत २, २०७८  १४:०३
प्रतिक्रिया दिनुहोस्