Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

एक सातादेखि विरामी ३१ विद्यार्थीको विद्यालयमै उपचार

tribeni2

रुकुम पश्चिम / विद्यार्थी विरामी रहेको रुकुम पश्चिमको एक विद्यालयमा एक सातापछि स्वास्थ्यकर्मीको टोली पुगेको छ ।

त्रिवेणी गाउँपालिका वडा नम्बर ७ कुरलमा रहेको बालकल्याण आधारभुत विद्यालयका विद्यार्थी विरामी भएको समाचार प्रकाशन पछि स्वास्थ्य चौकी मुरुबाट गएको टोलीले ३१ जना विरामी विद्यार्थीको उपचार गरेको जनाएको छ ।

मुरु स्वास्थ्य चौकीका प्रमुख जनस्वास्थ्य निरिक्षक सुशील बिष्टले विद्यालयमै पुगेर ३१ जना विद्यार्थीको उपचार गरेको बताउनुभयो । उहाँका अनुसार विद्यार्थीहरुमा मौसमी फ्लुका कारण अत्याधिक ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने जस्ता समस्या रहेको पाइएको छ ।

विद्यालयमा आएका ३१ जना विरामी विद्यार्थीको उपचार गरिएको र केहि विद्यार्थी विरामी कारण विद्यालयमा अनुपस्थित रहेको पनि उहाँले बताउनुभयो ।

पहिला एक दुई जनामा रुखाखोकी देखिएको र पछि अरु विद्यार्थीहरुमा सर्दै गएको उहाँले बताउनुभयो । विद्यार्थी र शिक्षकहरुलाई आवश्यक परामर्श र औषधी वितरण गरेको उहाँले बताउनुभयो । 

प्रकाशित मिति: बुधबार, चैत २, २०७८  १६:०३
प्रतिक्रिया दिनुहोस्