Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पुथामा रनिङ शिल्ड हुदै

गाउँपालिकाले ल्याकत परीक्षा भने नगर्ने
२०७८ चैत्र २
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाले पालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मैकोटमा सञ्चालन गर्ने भएको छ । गाउँपालिकामा बसेको प्राधानाध्यपकको बैठकले गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड १ नं. वडा स्थित पुथा हिमालय माध्यमिक विद्यालय मैकोटमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

यही चैत्र १७ गते देखि १९ गतेसम्म मावि मैकोटमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड सञ्चालन गरिने गाउँपालिकाका शिक्षा युवा तथा खेलकूद शाखाका प्रमुख रामप्रसाद खड्काले जानकारी दिनुभयो । शिल्डमा पालिकाका कक्षा १२ सम्ममा अध्ययनरत १८ वर्ष उमेर मुनीका छात्रछात्रालाई विभिन्न विधाका खेलकुदमा प्रतिस्पर्धा गराइने खड्काले बताउनुभयो ।

शिल्डमा छात्रछात्रा भलिबल, कबड्डी, एथ्लेटिक्स तर्फ १ सय, २ सय, ४ सय, ८ सय, १५ सय र ३ हजार मिटरको दौड तथा छात्रछात्रा ज्याभ्लिङ थ्रो र सटफुट लगायतका प्रतियोगितामा विद्यार्थीलाई प्रतिस्पर्धा गराइने खड्काले बताउनुभयो ।

प्रअको बैठकले एसईईको ल्याकत परीक्षा नगर्ने पनि निर्णय गरेको छ । कक्षा १ देखि ९ कक्षाका लागि वार्षिक परीक्षा भने चैत्र २७ गते देखि सञ्चालन गरिने निर्णय पनि गरिएको शिक्षा शाखाका प्रमुख खड्काले बताउनुभयो । पालिकाले पहिलो पटक शैक्षिक स्मारिका प्रकाशनका लागि समिति समेत गठन गरेको छ ।

प्रकाशित मिति: बुधबार, चैत २, २०७८  १८:०३
प्रतिक्रिया दिनुहोस्