Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मोटरसाइकलले ठक्कर दिँदा असईका दुवै हात भाँचिए

tribeni2

रुकुम पश्चिम / मोटरसाइकल दुर्घटनामा परेर आठबिसकोट नगरपालिकाका नगर प्रहरी सहायक निरिक्षक (असई) निरज बि.क. घाइते हुनुभएको छ । उहाँका दुवै हात भाँचिएका छन् ।

बिहिबार दिउंसो नगरपालिकाको वडा नम्झिवर १० झिन्चौरबाट नगरपालिकातर्फ आउँदै गर्दा पछाडिबाट आएको मोटरसाइकलले उहाँलाई ठक्कर दिएको बताइएको छ । बिक सवार मोटरसाईकललाई पछाडिबाट गइरहेको होमप्रकाश शाह सवार कर्णाली प्रदेश ०२–००१ प ६९५९ नम्बरको मोटरसाईकलले ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । 

आठबिसकोट नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष मान बहादुर चंदाराले घाइते निरजको नेपालगंज मेडिकल कलेजमा उपचार भइरहेको बताउनुभयो । उहाँका अनुसार बिहिबार राति नै निरजलाई उपचारका लागी नेपालगंज पुर्याइएको हो ।

प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  ११:०३
प्रतिक्रिया दिनुहोस्