Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भेरी नदीमा बेपत्ता तीनै जनाको शव भेटियो 

tribeni2

सुर्खेत / भेरी नदीमा बेपत्ता भएका तीन जना बालबालिकाको शव भेटिएको छ ।
नुहाउने क्रममा बेपत्ता भएका तीन जनामध्ये एक जनाको बुधबार र दुई जनाको बिहीबार शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

सुर्खेतको लेकवेशी नगरपालिका–२ का ८ वर्षीय दिनेश बुढाको भेरीगंगा नगरपालिका–२ स्थित भेरी पुल नजिकै बुधबार शव भेटिएको थियो ।

यस्तै भेरीगंगा नगरपालिका–११ का १२ वर्षीय कृष्ण सिंजाली र १२ वर्षीय गंगा खड्काको शव बिहीबार भेटिएको हो । उनीहरुको शव भेरीगंगा नगरपालिका–१३ स्थित नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

उनीहरु गत शनिबार नुहाउने क्रममा भेरी नदीमा बेपत्ता भएका थिए ।

 

प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  १३:०३
प्रतिक्रिया दिनुहोस्