Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
बर्ड फ्लु

बर्ड फ्लुको डरः पर्वतमा कुखुरा आयातमा रोक

tribeni2

पर्वतमा कास्कीबाट कुखुरा आयातमा रोक लगाइएको छ । कास्कीमा कुखुरामा बर्डफ्लूको संक्रमण देखिएपछि पर्वतमा पनि बर्डफ्लू भित्रिन सक्ने खतरालाई मध्यनजर गरी कुखुरा आयातमा रोक लगाईएको हो ।

पर्वत जिल्ला सहित साविकको धौलागिरी अञ्चलको एक मात्र प्रवेश नाका डिमुवामा लुकीछिपी रुपमा कुखुराको आयात हुन सक्ने भन्दै प्रहरीले निगरानी बढाएको छ ।

कास्कीबाट पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङसम्म पनि ज्यूँदो कुखुरा आयात हुने गरेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५  ०९:०३
प्रतिक्रिया दिनुहोस्